बैतडीका पूजारी तीन दिनदेखि बेपत्ता

bhageswar small

बैतडीः बैतडीका एक पूजारी तीन दिनदेखि बेपत्ता छन्। जिल्लाको दशरथचन्द नगरपालिका–१ श्रीखण्ड जालाघरका ५८ वर्षीय पूजारी माधव भट्ट बिहीबार रातिदेखि बेपत्ता भएका हुन्।

खाएर घरमा सुतेका भट्ट एक्कासी घरबाट बेपत्ता भएका उनकी बुहारी भागरथी भट्टले बताइन्। रातिको समयमा घरबाट बेपत्ता भएका भट्टको खोजी कार्य जारी रहेको भएपनि अहिले सम्म फेला पार्न सकिएको छैन्।

भट्ट महारुद्र देवताका पूजारी हुन्। भट्ट हराएको विषयमा प्रहरीमा समेत जानकारी दिइसकेको उनकी बुहारी भागरथीले बताइन्। बेपत्ता भट्टका छोरा रोजगारीको सिलसिलामा भारतमा रहेका र बुवा हराएपछि घर आउन लागेका बताइएको छ।

स्थानीयहरू मिलेर घरआसपासका जंगलमा समेत भट्टको खोजी गरिएको र कहिँकतै फेला पार्न नसकिएको पारिवारिक स्रोतले जनाएको छ। बेपत्ता भट्टकी श्रीमति प्यारालाइसिस रोगबाट ग्रसित रहेकाले उनी मानसिक तनावमा रहेको बुझिएको छ। बेपत्ता भट्टलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८४८७१२६०७ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।

ajayameru small
You might also like
Leave A Reply

Your email address will not be published.