Citizan

पत्रकार प्रकाश ढकालको शव क्षतविक्षत अवस्थामा फेला

suchana alital
Chure

मंसिर ४ ः चार दिनदेखि सम्पर्कविहीन रहेका पत्रकार प्रकाश ढकालको शव भेटिएको छ । गत शुक्रबारदेखि सम्पर्कविहीन ढकालको शव आज सोमबार धादिङको कृष्णभीरमा भेटिएको हो ।

lali

त्रिशुली नदीमा ¥याफ्टिङ गरिरहेका एक व्यक्तिले टाढाबाट उनको शव देखेपछि प्रहरीलाई सूचना दिएका थिए । त्यसपछि लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष गीता थापा, प्रहरी र पत्रकारसहितको टोली घटनास्थल पुगेको थियो ।

glam &
dipti
Citizan

पत्रकार कमल सरगमका अनुसार ढकालको एउटा आँखा नभएको र टाउको क्षतविक्षत रहेको छ । शवलाई पोस्टमार्टमका लागि आजै काठमाडौं ल्याइँदै छ । शंका लागेका व्यक्तिविरुद्ध उनका परिवारले उजुरी दिने तयारी गरेको छ ।

पत्रकार ढकाल तिहारको बिदामा स्याङ्जाको चापाकोटस्थित आफ्नो घर गएका थिए । भाइटीका मनाएर बिहीबार उनी घरबाट हिँडेका थिए । तर, शुक्रबार दिउँसोदेखि उनी सम्पर्कविहीन भएका थिए । ढकाल सात वर्षदेखि लालीगुराँस डट कममा मनोरञ्जन संवाददाताका रुपमा कार्यरत थिए ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.