गहना लुट्न गरिएको थियो कञ्चनपुरमा नारुदेवीको हत्या

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः सुनको गहनाका लागि कञ्चनपुरमा एक महिलाको हत्या गरेको खुलेको छ। गत कार्तिक १९ गते जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरकी ६५ वर्षीया नारुदेवी जोशीको हत्या भएको थियो। शुक्लाफाँटा–७ कै महेश डगौराले नारुदेवीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
घर नजिकै रहेको जंगलमा घाँस काट्न गएकी नारुदेवीको हत्या भएको थियो। नारुदेवीको हत्या गरेकै दिन डगौराले २५० रुपैयाँका लागि एक भारतीय नागरिकलाई समेत लुटपाट गरेका थिए। त्यसअघि १४ कार्तिकमा उनले झलारीका महेश भट्टको साइकल चोरेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले विभिन्न कोणबाट अनुसन्धान गर्दै जाँदा साइकल चोरी र भारतीय नागरिकलाई लुटपाटमा संलग्न महेश डगौराले नै नारुदेवीको हत्या गरेको स्वीकार गरेको बताए। उनी लागुऔषध दुव्र्यसनीसमेत रहेको प्रहरीले जनाएको छ। डगौराले घाँस काट्न सघाइदिने भन्दै एक्लै जंगल गएकी नारुदेवीको पिछा गरेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

नारुदेवीले लगाएका गहना सक्कली वा नक्कली हो भन्ने सोधपुछपछि एकिन गरेर घाँटी च्यापेर हत्या गरेको उनले स्विकार गरेको एसपी थापाले बताए। बृद्धाको हत्यापछि लुटपाट गरेको सुन बिक्रिका लागि महेश कैलालीको धनगढी गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

Dadeldhura Hospital

‘हत्या गरेकै दिन महेशले बोराडाँडी भाटभटेनी नजिक एलएक्स क्लबका संचालक कैलाली गाउँका लक्ष्मण चौधरीको डेरामा गएर सुन बिक्रिका लागि छलफल गरेको देखिन्छ,’ एसपी थापाले भने, ‘कान र नाकमा लगाएका तीन थान गहना तीन पसलमा बेचेको देखियो।’ महेश २० कार्तिकमै धनगढीदेखि नेपालगन्ज हुँदै मुम्बई ब्याङलोर भागेका थिए। प्रहरीले विभिन्न व्यक्तिसंग समन्वय गरेर भारतमा भागेका महेशलाई बोलाएर मंसिर १ गते पक्राउ गरेको थियो।

सुन बेचबिखनमा संलग्न भएका लक्ष्मण चौधरीसँग सोधपुछ गर्दा धनगढीस्थित ईन्द्र बराल ९सुनार०ले संचालन गरेको न्यू बर्दादेवी सुनचाँदी पसल, खगेन्द्रबहादुर सोबले संचालन गरेको दिया सुनचाँदी पसल र दिपेन्द्र सिजापतीले संचालन गरेको सुजल सुनचाँदी पसलमा बिक्रि गरेको खुलेको छ।

सुन बिक्रिका लागि डगौराले सहकर्मी लक्ष्मण चौधरी र निरज भट्टलाई पठाएको पाइएको छ। चौधरीले निरज भट्टलाई सुन बिक्रिका लागि तीनै पसलमा लगेका थिए। तीनै पसलमा गरी ४६ हजारको सुन बेचेको प्रहरी अनुसन्धानले देखाएको छ। हत्यापछि १ दशमलव ५० आनाको फुली, १ दशमलव ६९ आनाको मुन्द्रा र २ दशमलग ७ सय आनाको अर्के मुन्द्रा लुटपाट भएको थियो।

नारुदेवीको हत्यामा संलग्न महेश डगौरा, सुन बेच्न जाने लक्ष्मण चौधरी, निरज भट्ट र सुन किन्ने ईन्द्रबहादुर बराल, खगेन्द्र सोब र दिपेन्द्र सिजापतीलाई बिहीबार कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ। सुनचाँदी पसलधनीहरुले लक्ष्मण चौधरी र निरज भट्टले आफूहरुसँग श्रीमती बिरामी भएकाले इमर्जेन्सीमा सुन बेच्न आग्रह गरेपछि किनिदिएको बताएका छन्। कञ्चनपुरका प्रहरी प्रमुख एसपी थापाले पाँचजना विरुद्ध फरकफरक मुद्दा आकर्षित हुने बताए। महेश डगौराका नाममा कर्तव्य ज्यान र लुटपाट, अन्य मतियार र सुन पसलधनीहरु विरुद्धमा गैरकानुनी सुन खरिद बिक्रिको मुद्दा लगाउने तयारी गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.