‘प्रचण्ड’ नेतृत्वको सरकार छेस्काले अड्याएको छ:अध्यक्ष ओली

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार छेस्काले अड्याएको बताएका छन्।
राष्ट्रिय एकता र सम्वृद्धिका लागि ‘झुलाघाटबाट चिवा भञ्ज्याङसम्मको संकल्प यात्रा’को क्रममा डडेल्धुरा पुगेका ओलीले बसपार्कमा आयोजित सन्देश सभामा यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने यो गठबन्धनको सरकार छेस्का अड्याएको सरकार हो। यसको कुनै खुट्टा छैन यो सरकार आफैं ढल्न पनि सक्छ, यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन। तेसैले यो सरकार हल्लिराखेको छ । ओलीले भने ,हामी अहिले मिसन ८४ भनिरहेका छौं। यही बीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, आफै ढल्छ ।
उनले सत्ता गठबन्धन र गठबन्धनका नेताहरु सत्ता स्वार्थ, सरकार जोगाउने, मन्त्री जोगाउने, कसरी मन्त्री हुने, कसले बढी कमाउने, कसले बढी आफन्त पोस्ने धन्दामा लागिरहेको समेत जिकीर गरे।
पश्चिम देखि पूर्व सम्मको तीन हप्ताको अभियानमा लागेका ओलीले जनताका समस्या बुझ्न,जनतासंग संवाद गर्न,स्थानिय स्तरमै पुगेर छलफल गर्न,विकासका सम्भावनाको खोजी गर्न र स्थलगत रुपमा जनतासंग पुगेर जनताका मागहरु बुझ्न अभियान थालेको स्पष्ट समेत पारेका थिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.