Citizan

धनगढीको एक घरबाट ८ तोला सुनका गहना सहित ३ लाख नगद चोरी

Chure

धनगढी, १८ मंसिर । धनगढी उपमहानगरपालिका ४ तारानगरमा एक घरमा ८ तोला सुनका गहना र ३ लाख नगद चोरी भएको छ । पुजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय करन बानियको घरमा चोरी भएको हो ।

lali

सपरिवार बुधबार पुजाका लागि डोटी गएका बेला घरमा आईतबार घरमा पुग्दा चोरी भएको थाहा भएको बानियाले जानकारी दिए । चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दाराज फोडेर नगद र गरहना चोरी लगेको घरधनी बानियाले जानकारी दिए । आईतबार साझ घर पुग्दा चोरी भएको प्रहरीलाई जानकारी गराएपछि मुचुल्का तयार गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

glam &
Citizan

उनको घरबाट सुनका गरगहना ८ सुन तोला, तिन लाख नगद, ४ तोला चादी सामाग्री लगेको बताएका छन् । घरको ढोका तोडेर चोरी भएको बताईएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा चोरीको निवेदन दर्ता गराएर अनुसन्धान अगाडी बढाईने बताईएको छ ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.