लागुऔषध कारोबारी पक्रन राईमाथि चलायो प्रहरीले गोली

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

काठमाडौंः लागुऔषध कारोबारीको आंशकामा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर लागु औषध कारोबारी अविनाश राईलाई पक्राउ गरेको हो।
एसपी रवीन्द्र रेग्मीले प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली चलाउनु परेको बताए। गोली लागेर घाइते भएका राईलाई उपचारका लागि अस्पताल लगिएको छ। राईको दाहिने खुट्टामा गोली लागेको छ। उनको साथबाट आइस ड्रगका साथै एक थान पेस्तोलसमेत बरामद भएको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.