Citizan

बैतडीमा एक महिलाको धारिलो हतियार प्रयोग गरेर बीभत्स ह*त्या

Chure

बैतडी बैतडीको सुर्नया गाउँपालिका–३ मा एक महिलाको धारिलो हतियार प्रयोग गरेर बीभत्स हत्या गरिएको छ ।

lali

सुर्नया गाउँपालिका वडा नं ३ को बिजुल भन्ने ठाउँका अन्ताजी ३२ वर्षीया तेज बहादुर चन्दले सोही ठाउँकी ६१ वर्षीया हरिना बिष्टलाई आज दिउँसो धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरेका हुन् ।

glam &
Citizan

बिष्टको शव क्षतबिक्षत अवस्थामा घरको ढोकामा रहेको छ । घटनापछि स्थानीयहरु त्रसित बनेका छन् । घटनास्थलमा प्रहरी गइरहेको छ । चन्द भने फरार छन् । मानसिक सन्तुलन ठिक नभएका चन्दले बिष्टको घरमै गएर सब्बल, हसिया लगायतका धारिलो हतियार प्रयोग गरेर विभत्स हत्या गरेको स्थानियले बताएका हुन् ।

dipti

घरमा कोही नभएको मौका छोपेर गएका च्नदले बिष्टको हत्या गरेपछि गोठका २ वटा बाख्रा पनि मारेको स्थानीय भुवन भट्टले बताए । अहिले घटनास्थलमा प्रहरी गइरहेको छ ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.