दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर दुरीदेवीको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

दार्चुला : दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको ज्यान गएको छ।

ज्यान जानेमा जिल्लाको दुहुँ गाउँपालिका–२ गोकुल बस्ने ४० वर्षीया दुरीदेवी बडाल रहेकी छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

आइतबार आज दिउसो घरभन्दा २मिटर टाढा रोडमा गिट्टी फुटाउने क्रममा भीरमाथि बाट खसेको ढुंगा लागेर महिला घाइते भएकी थिइन। भीरबाट खसेको ढुंगा उनको मुख र छातीमा लागेको थियो।

ढुंगा लागेर घाइते भएकी महिलालाई उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा ल्याइएको थियो।

घाइते महिलााको अस्पतालमै उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.