parwat hotel
Citizan

यो वर्षको हिउँदमा किन परेन पानी ?

bhageswar small
alital janahit

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सोमबार र मंगलबार देशका केही भूभागमा पानी पर्ने र उच्च हिमाली भागमा हिउँ पर्ने बताएको थियो । तर विभागले गरेको पूर्वानुमान जस्तो पानी परेको छैन ।

सोलुखुम्बु लुक्ला आसपासमा हल्का हिमपात भए पनि मापन गर्ने किसिमको हिमपात र पानी भने नपरेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान शाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनले भनिन्, ‘हामीले फोन गरेर सोध्दा लुक्ला आसपास हल्का छिटपुट मात्रामा हिमपात भएको छ । विशेष गरी पूर्वी हिमाली भागमा छिटपुट पानी परेको छ ।’

glam &
Citizan

जाडो महिनामा हिमपात हुने वा पानी पार्ने काम पश्चिमी वायुको कारणले हुने गर्छ । यो वर्ष बलियो खालको सक्रिय पश्चिमी वायु नआएको र कमजोर ढंगको पश्चिमी वायु आएका कारण वर्षा हिमपात हुन नसकेको नगरकोटीले जानकारी दिइन ।

lali

देशको पूर्वी क्षेत्रको उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा हल्का पानी परेको थियो । बुधबार र बिहीबार पनि हल्का पानी र हिउँ पर्ने सम्भावना रहेको छ । तत्काल ठुलो खालको वर्षा हुने सम्भावना नभएको मौसमविद् नगरकोटीले जानकारी दिइन ।

सक्रिय किसिमको पश्चिमी वायु उत्पन्न भएर नेपाल प्रवेश नगरेका कारण वर्षा हुन नसकेको उनले बताइन् । मेडिटेरियन सागर क्षेत्रबाट पानी पार्ने प्रणाली उत्पन्न भई पश्चिमबाट पानी पार्दै, बादल विकास गर्दै नेपाल प्रवेश नगरेसम्म ठुलो वर्षा नहुने उनले बताइन् । मनसुनमा जस्तो पानी पार्ने स्थानीय प्रणालीको पनि विकास नहुने भएकाले त्यसका लागि पश्चिमी वायु नै आवश्यक पर्ने उनले बताइन् ।

यस्तै तराईको क्षेत्रमा शीतलहरको तत्काल सम्भावना नभएपनि बिहान चिसो हुस्सु विकसित हुने र दिउँसो हराएर जाने भइरहेको छ । शीतलहरको पुरै अवस्था भने आइनसकेको र शीतलहर हुनका लागि दुई दिनसम्म पुरै हुस्सु लाग्ने अवस्था हुनुपर्ने मौसमविद् नगरकोटीले बताइन् ।
मौसम पूर्वानुमान शाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक देखि साधरणतया बदली रहने, एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि बुधबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा साधरणतया बदली रहने । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउ मौसम विभागले आग्रह गरेको छ ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.