वडाध्यक्ष बादे १५ लाख घुस लिएको आरोपमा पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

४ माघ, । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो ।

Dadeldhura Hospital

घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

१५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानीज ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

बादे नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी नेविसंघ काभ्रेका पूर्वअध्यक्षसमेत हुन् । कार चालक प्रधान सिन्धुपाल्चोक बाह्रबिसेका हुन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.