लागूऔषधसहित कञ्चनपुरमा दुई युवक पक्राउ

sc mahendra

कञ्चनपुरः लागूऔषधसहित कञ्चनपुरमा दुई युवक पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका ७ कलुवापुरबाट ०.८१ ग्राम लागूऔषध खैरो हेरोईन सहित सोही ठाँउ बस्ने १९ वर्षीय नसिब राना र २२ वर्षीय बिजय रानालाई बिहीबार दिउँसो पक्राउ परेका हुन्।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरी टोलीले खान तलासी गर्दा नसिब रानाको घरबाट खैरो हेरोईन फेला पारी दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुबै जनालाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.