parwat hotel
Citizan

सुनचाँदी व्यवसायीमाथि नवलपरासीमा गोली प्रहार

bhageswar small
alital janahit
lali

माघ २१, पश्चिम नवलपरासीमा लुटेराहरुको समूहले सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहराका अनुसार बर्दघाट(१६ निवासी ६५ वर्षीय सुनचाँदी व्यवसायी गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको हो ।

सुनचाँदी लुट्ने उद्देश्यले गोली प्रहार भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घर फर्कने क्रममा बर्दघाट गोली प्रहारबाट घाइते विश्वकर्माको तत्काल बर्दघाटको चिसापानी अस्पतालमा उपचारका लागि लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि बुटवल स्थित तिनाउ अस्पतालमा पठाइएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.