आज पनि सुदूरपश्चिममा छिटपुटदेखि हल्का वर्षाको सम्भावना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

काठमाण्डौ : आज पनि सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही हल्का बर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

यस्तै राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.