डडेल्धुरामा अटो दुर्घटना, प्रहरी जवानसहित २ घाइते

sc mahendra

डडेल्धुराः डडेल्धुरामा अटो रिक्सा दुर्घटना भएको छ। जिल्लाको अमरगढी नगरपालिका–८ कुकुल्लेकमा हिजो(आइतबार) बेलुकी साढे ५ बजेतिर सु.प.प्र ६०६४ अटो रिक्सा दुर्घटना भएको हो।
दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। अटो जिल्ला सदरमुकामबाट पोखरा गइरहेको थियो।
घाइते हुनेमा प्रहरी चौकी पोखरामा कार्यरत प्रहरी जवान धर्मराज खत्री र १७ वर्षीया सिर्जना साँकी रहेको डडेल्धुराका प्रहरी प्रवक्त कुसुम नायकले जानकारी दिए।
अटोमा चालकसहित ६ जना सवार थिए। अन्य चारजनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक नायकले बताए। उनका अनुसार पानी परिरहेका बेला तीव्र गतिमा रहेको अटो अनियन्त्रित भई दुर्घटना भएको हो। घाइतेहरू डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.