कैलालीमा शिक्षा अधिकृतलाई कालोमसो दल्ने रम्तेल पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाण्डौ : कैलालीमा एक शिक्षा अधिकृतलाई कालोमसो फाल्ने पक्राउ परेका छन्। जिल्लाको लम्की चुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालो मसो फाल्ने ३१ वर्षीय भुवन रम्तेल पक्राउ परेका हुन्।

Dadeldhura Hospital

लम्की चुहा नगरपालिका वडा नम्बर ४ का न्यौपानेलाई बलियास्थित पूर्व–पश्चिम राजमार्गमा सोमवार मोटरसाइकलमा आएका चार÷पाँच जना युवाहरुको समूहले कालोमसो फालेका थिए। नगरपालिकाबाट फिर्कीने समयमा उनको मोटरसाइकल रोकेर युवाहरुले कालो मसो फालेका हुन्। कैलाली प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय, हसुलियाको टोलीले लम्की चुहा नगरपालिका वडा नम्बर ९ का ३१ वर्षीय भुवन रम्तेललाई पक्राउ गरेको हो। उनलाई सुदूरपश्चिम प्रदेश ०१–००९ प ७३२२ नम्बरको मोटरसाइकलसहित कैलारी गाउँपालिका वडा नम्बर ७ बाट पक्राउ गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनी नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी (बैद्य) का सुदूरपश्चिम युवा सङ्गठनका इन्चार्ज रहेको प्रहरीले बताएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.