आलितालमा निर्माणाधिन कोल्ड स्टोरको काम ३ बर्ष देखि अलपत्र,अब कहिले बन्छ ?

sc mahendra

डडेल्धुरा:डडेल्धुराको आलिताल गाउँपालिकामा निर्माण सुरु भएको कोल्ड स्टोर निर्माण कम्पनिका कारण अलपत्र परेको छ ।

आलिताल गाउँपालिकाको कार्यालयको मुख्य प्रवेशद्धारमै निर्माण सुरु भएको कोल्डस्टोरको निर्माणकार्य अलपत्र परेको हो । निर्माण कम्पनिले कोल्ड स्टोरको लागि भवनको निर्माण कार्य सम्पन्न गरेता पनि आन्तरिक काम भने अलपत्र पारेको हो ।
आलु तथा तरकारी भण्डारणका लागी २० मेट्रिक टनको प्रि कुलिंग च्याम्बर कोल्ड स्टोर निर्माणका लागी २०७८ बैशाख ७ गते गते वर्दियाको निर्माण कम्पनी पुरशोत्तम कन्ट्रक्सनले लिएको थियो । २०७८ असार ४ गते काम सक्ने सम्झौता भए पनि निर्धारित समयमा काम नसकेर निर्माण कम्पनि सम्पर्क विहिन रहेको गाउँपालिकाको आरोप छ । ठेकेदार स्मृति सुन्दर शर्मा लाई विभिन्न समयमा सम्पर्क गर्दा सम्पर्कमा आउन खोजिरहेका थिएनन् ।
५६ लाख ८ हजार २५४ रुपैयाको लागत ईस्टिमेट रहेको उक्त काम पुरशोत्तम कन्ट्रक्सन ले ५३ लाख १४ हजार १२३ रुपैयामा कबोल गरेको थियो ।
२०७८ सालमा काम नसके पछी चैत्र मसान्त सम्म म्याद थप गरिएको र आर्थिक वर्ष २०७९/०८० मा बजेट नआए पछी काम हुन नसकेको बताउने सुदुरपश्चिम कृषि विकास निर्देशनालय डोटीका अनुसार यो वर्ष अन्तिम पटकका लागी २०८१ बैशाख मसान्त सम्मका लागी म्याद थपिएकोले काम सम्पन्न हुनेमा आफुहरु ढुक्क रहेको कृषि विकास निर्देशनालयका दिपायलका कृषि ईन्जिनियर कोष राज बडुले बताउनुभयो ।
केही दिन पहिले मात्र आलिताल गाउँपालिकाका अध्यक्ष शेर सिँह पार्की र आलिताल गाउँपालिका वडा नं.२ का अध्यक्ष प्रमोद बहादुर मल्लले कृषि विकास निर्देशनालयका निर्देशकलाई भेटी ध्यानाकर्षण गराएका थिए ।
कोल्ड स्टोर समयमा नबन्दा आलितालका किसानले उत्पादन गरेको आलु जिल्लाको भत्काडामा रहेको कोल्ड स्टोरमा पुर्याउनु पर्ने बाध्यता खेपिरहेका छन् । भत्काडा दुरीको हिसावले टाढा भएकोले आफुहरुलाई ढुवानीमा लागत बढी लाग्ने गरेको अगुवा किसान लाल बहादुर डाला मगरले बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.