
काठमाडौं– पहाडी भूभागमा अहिले आंशिक बदली छ। तराईका धेरै स्थानमा हुस्सु लागेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना छ।
राति कोशी र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।



