डडेल्धुराको आलितालमा सम्पर्क बिहिन महिला सकुशल फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: डडेल्धुराको आलितालमा एक महिला हिजो(शुक्रबार) देखि सम्पर्क बिहिन पार्वति विष्ट सकुशल फेला परेकि छिन् ।

Dadeldhura Hospital

जिल्लाको आलिताल गाउंपालिका वडा न. ५ का हिक्मत बिष्टको श्रीमति अन्दाजी २५ बर्षिया पार्वति विष्ट हिजो दिउसो करिब २ बजेबाट सम्पर्क बिहिन भएकी थिइन। सम्पर्क विहिन भएकी विष्टलाई प्रहरीको अगुवाईमा खोजी कार्य थाले पछि नजिकैको छविलाल लामीछानेको घरमा लुकिछिपी बसेको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भांटले जानकारी दिए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घाँस काट्न जान्छु भन्दै घांस बोक्ने नाम्लो समाई हिडेकी विष्टको घर नजिकैको जंगलमा चप्पल,हसिया,दोपट्टा र घांसको मुठा सम्म फेला परेको र घास बाध्ने डोरी फेला नपरेको हुदा अप्रिय घटना भएको आशंकामा प्रहरी र स्थानियले नजिकैको जंगलमा खोजीकार्य गरिरहेको थियो । हिजो देखि सम्पर्कमा नआएकी विष्ट किन लुकेर बसेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको समेत भांटले जानकारी दिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.