कञ्चनपुरमा घर निर्माण गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

sc mahendra

कञ्चनपुरः कञ्चनपुरमा घर निर्माण गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

बैतडीको डिलासैनी गाउँपालिका –२ का २८ वर्षीय भरत विष्टको कृष्णपुर नगरपालिका–२ बाणीमा मृत्यु भएको हो।

विष्ट घर निर्माण गर्ने क्रममा अचानक बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घाईते भएका विष्टको उपचारकाक्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.