

५ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपालको रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले कप्तानी गर्नेछन् । पछिल्लो पटक गत जुनमा जिम्बावेमा सम्पन्न आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । सट बलमा नेपाललाई फसाउँदै डच टोलीले १६७ रनमा अल आउट गरेको थियो ।



