मष्टा गाउँपालिकामा नि:शुल्क आँखा शिविर संचालन,स्थानीयद्वारा खुसी व्यक्त

sc mahendra

रमेश बहादुर सिंह बझाङ।

मष्टा गाउँ पालिकामा नि:शुल्क आँखा शिविर संचालन गरिएको छ । नि:शुल्क आखाँ शिबिरबाट मष्टा गाउँपालिकाका स्थानीय बासिन्दा निकै खुसि भएको पाइन्छ। अहिले पालिका भरीका महिला पुरुषहरुका लागी गेटा आँखा अस्पताल आँखा उपचार केन्द्र बझाङको प्राविधिक सहयोग र मष्टा गाउँपालिकाको आयोजनामा निशुल्क आँखा उपचार शिविर संचालन गरी रहेको छ ।

 


आर्थिक अभावका कारण आंखाको उपचार गर्ने समस्या भएका स्थानीय बासिहरुले सहज रुपमा सेवा लिन सकुन भने उदेश्यले संचालन गरिएको शिविर वडा नम्बर १ देखि सुरु गरिएको थियो भने भोलि वडा नं ६ मा संचालन सहित समापन हुने छ ।शिविर बाट मोतिविन्दु भएर उपचार नगरेका स्थानियहरुलाई छनौट गर्ने काम भई रहेको छ । मोतिविन्दु भएर उपचार नपाएका पालिका भरीका स्थानीयहरुलाई छनौट गरी सकेपछी उनिहरुको अप्रेशन तथा थप उपचार गर्न अर्को शिविर संचालन गर्ने उदेश्यले यो शिविर संचालन गरीएको मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहराले बताए । यो शिबिरमा गाउँपालिका भित्र रहेका पुरुष भन्दा महिलाहरुले सेवा लिएको र यो शिविर सक्कीएपछी आँखाको समस्या झेली रहेका मोतिविन्दु भएका तथा अन्य समस्याले गर्दा आँखा नदेख्नेहरुको सल्यक्रिया तथा उपचार गेटा आँखा अस्पतालकै प्राविधिक सहयोगमा पालिकामा नै शिविर संचालन गर्ने लक्ष्य रहेको बताए। वडा नम्बर १ र २ मा मात्रै २ सय ४३ जनाको आँखा चेकजाँच गर्दा ५१ जनाको आँखामा मोति विन्दुको समस्या देखा परेको पाइएको छ। भने ‘विहिबार मष्टा गाउँपालिका वडा नम्बर ४ को भातेखोलामा संचालन गरीएको निशुल्क आँखा उपचार सम्बन्धि शिविर बाट २ सय २४ जनाको आँखा चेकजाँच गर्दा १० जना महिला ७ पुरुष गरी जम्मा १७ जनामा मोतिविन्दुको समस्या देखा परेको छ । ५२ जनाको दृष्टि दोष देखा परेको छ।हाल सम्म ४ सय ६७ जनाले आँखाको चेकजाँच गर्दा ७९ जनाको दृष्टिदोस (चस्मा लगाउनु पर्ने) देखीएको छ । हाल सम्म ६८ जनाको आँखामा मातिविन्दु देखा परेको छ । जसमध्ये ३६ जना महिलाहरुको आँखामा मोतिविन्दु भएको नेत्र सहायक जनक विष्टले बताए । उनले भने ‘महिलामा बढी समस्या देखीनुको कारण घरमा काम गर्दा धुलो धुवा संग बढी महिलाहरु नै सक्रिय हुन्छन् । बढी जस्तो खाना पकाउने काममा महिला हुन्छन् । शहरको जस्तो ग्यास हुदैन । दाउरामा नै निर्भर रहनु पर्ने र दाउरा बाल्दा धुवा हुने भएका कारण महिलाहरुको बढी आँखामा समस्या देखीएको बताए । साथै महिलाहरु चस्मा लगाउन पनी लजाउने भएका कारण पनी यो समस्या देखा परेको बताए’। यता मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहराले पालिकाले यो अभियान तथा शिविर संचालन गर्दा यहाँका नागरीकको सानो समस्यामा भएपनी मलम लगाउन पाएको बताए । उनले भने ‘यस्तै साना काम गरेर नागरीकहरुलाई सिहँदरबारको अधिकार गाउँमा आएको अनुभुती दिलाउनु आफु जस्तै जनप्रतिनिधिहरुको जीम्मेवारी रहेको बताउदै मोतिविन्दु भएकाहरुको उपचार अब पालिकामा नै गर्ने लक्ष्य रहेको बताए। यो शिबिर संचालन बाट मष्टा गाउँपालिका भित्र रहेका गरिव,अशक्त,जेष्ठ नागरिकहरुलाई सबै भन्दा बढी राहत भएको पाइएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.