
रमेश बहादुर सिंह

बझाङ: बझाङको जयपृथ्वी नगरपालिका उप प्रमुख प्रमुख रतन बहादुर सिंहले आज विभिन्न विद्यालयमा पुगेर एसईई परीक्षाको अनुगमन गर्नुभएको छ ।उप प्रमुख सिहले नगरपालिकाको ३ वटा परीक्षा केन्द्रमा पुगेर परीक्षाको अनुगमन गर्नुभएको हो ।
उहाँले सत्यवादी माध्यमिक बिद्यालय परीक्षा केन्द्र, जालपा मावि र बालविकास मावि गोलाइ परीक्षा केन्द्रमा पुगेर अनुगमन गर्नुभएको थियो । उहाँसँगै जयपृथ्वी नगरपालिका योजना शाखा प्रमुख विजय रजत शिक्षा शाखा प्रमुख निरज प्रसाद रेग्मी सञ्चारकर्मी लगायतको टोलीले परीक्षाको अनुगमन गरेको थियो ।


अनुगमनपछि नगर उप प्रमुख सिहले एसईई परीक्षा मर्यादित र व्यवस्थित रुपमा सञ्चालन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनुगमनमा त्यस्तो कुनै अमर्यादित गतिविधि देखिएन, विद्यार्थीहरुले पनि ढुक्कसँग परीक्षा दिइरहेका पाइयो ।’
उहाँले अब हुने एसईईको बाँकी परीक्षाहरुलाई पनि व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्ष तथा शिक्षक कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।उप प्रमुख सिहले विद्यार्थीहरुलाई पनि ढुक्कसँग परीक्षा दिन आग्रह गर्नुभएको थियो ।
आज विद्यार्थीहरुले अनिवार्य गणितको परीक्षा दिएका थिए ।
