गण्डकीका प्रदेश प्रमुख भट्टसँग सुदूरपश्चिमका गृहबासीको पोखरामा भेट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डोटीः सुदूरपश्चिम प्रदेशको डोटी जोरायल गाउँपालिकाबाट पोखरा पुगेको भ्रमण टोलीले गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसँग भेट गरी बधाई ज्ञापन गरेका छन्। जोरायल गाउँपालिकाबाट करीब ४५ जना गाउँबासी कृषि अवलोकन भ्रमणका क्रममा पोखरा पुगेका हुन्।

Dadeldhura Hospital

टोलीमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरासँगै अग्रज तथा ज्येष्ठ नागरिकहरु जयबहादुर हमाल, मानबहादुर मल्ल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, गाउँपालिका अन्तर्गतका ६ वटा वडाका अध्यक्ष जगत मल्ल, वीरबहादुर दर्लामी, नविन ओझा, नन्दराज भट्ट, ध्वजबहादुर देउवा, गणेश बोहोरा, कार्यपालिका सदस्यहरु, वडाका सदस्यहरु, शाखा प्रमुखहरु, वडाका सचिवहरु, ईञ्जिनियर लगायतका कर्मचारी सहभागी थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उक्त अवसरमा अध्यक्ष ओझाले ५० वर्ष बढी निष्ठाको राजनीति गर्नुभएका सुदूरपश्चिमका पाका नेतालाई गण्डकी प्रदेशको प्रमुख बनाइँदा समग्र सुदूरकै सम्मान भएको बताए। सम्बोधनका क्रममा भावुक बनेका ओझाले लामो राजनीतिक योगदानको कदरस्वरुप प्रदेश प्रमुखको पदमा देख्न पाउँदा अत्यन्त खुशी लागेको बताए।उपाध्यक्ष बोहरा बधाई ज्ञापन कार्यक्रममा हर्षको आँशु झार्दै सुदूरपश्चिमका धरोहरलाई आज गण्डकीमा यो पदमा देख्न पाउँदा खुशीको सीमा नाघेको बताइन्। प्रदेश प्रमुख भट्टले सम्मानका लागि आभार व्यक्त गर्दै गाउँठाउँबासीलाई सामुन्ने देख्न पाउँदा अत्यन्त सन्तोष लागेको बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.