डडेल्धुराका जैरु बैतडीमा मृत फेला

sc mahendra

डडेल्धुरा : बैतडीको पाटनमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको पाटन नगरपालिका–६ पाटन पञ्चेश्वर सडक खण्डमा पर्ने गाईडाखोला नजिकको खेतको खोल्सोमा शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।

डडेल्धुराको अमरगढी नगरपालिका–५ का अन्दाजी ५० वर्षीय रूपक जैरुको शव फेला परेको हो। पाटन बजारको एक सिलाई सेन्टरमा काम गर्दै आएका जैरु दुई दिनदेखि सम्पर्कमा रहेका थिएनन्। उनको शव स्थानीय घाँस काट्ने महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा आफन्त नपुगेकाले प्रहरीले शवलाई घेराहालेर राखेको छ। सिलाई सेन्टरका सञ्चालकलाई सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसान्धन भइरहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.