आलिताल-३ श्यालचौडी मा.वि.मा पनि आइसिटि ल्याव स्थापना

sc mahendra

डडेलधुराको आलिताल ३ श्यालचौडी मा वि.मा आइ सि टि ल्याबको स्थापना गरिएको छ ।
बिध्यालय सुधार योजना कार्यक्रम अन्तर्गत आलिताल ३ स्यालचौडि मा.वि. चौड मा आइ सि टि ल्यावको स्थापना गरिएको हो । यो आधुनिक युगमा शिक्षालाई पनि सुचना संचार ,बिज्ञान र प्रबिधीसंग जोडेर अगाडि लैजाने सरकार को नीति अनुरुप आलितालको बिध्यालयहरुमा पनि आइ सि टि ल्यावको स्थापना गरिएको आलिताल शिक्षा शाखा प्रमुख देवराज पन्तले बताउनु भयो । उहाका अनुसार बिगतका आर्थिक बर्ष देखि अहिले सम्म आलितालमा ११ वटा बिध्यालयमा आइ सि टि ल्यावको स्थापना भइसकेको छ । सूचना प्रविधिले शिक्षाको क्षेत्रमा विद्यमान रुढीवादी संस्कार र पद्धतिलाई चुनौति दिंदै शिक्षण र सिकाइका नयाँ विधि र मान्यतालाई अभूतपूर्व रुपमा अघि बढाउन सहयोग पुग्ने उनको भनाइ छ । शैक्षिक संस्था तथा शिक्षकले प्रविधिको प्रयोग मार्फत आफ्ना पठनपाठनका कार्यहरू बढाउदै रेडियो, टेलिभिजन, कम्प्युटर, प्रोजेक्टर, डिजिटल क्यामेरा तथा इमेल इन्टरनेट जस्तो सूचना तथा सञ्चार प्रविधिका उपकरणहरू शिक्षण सामग्रीका रूपमा प्रयोग गरे परम्परागत सामग्री भन्दा बढी सान्दर्भिक, उपयुक्त, दक्ष र प्रभावकारी हुने भएकाले आइ सि टि ल्यावको स्थापना अपरिहार्य रहेको बताए ।            शिक्षामा प्रविधिको प्रयोग आजको शिक्षा प्रणालीभित्रको महत्वपूर्ण अंगको रुपमा रहन गएकोले कक्षा कोठामा प्रविधि प्रयोग गरि हाम्रो परम्परागत पठनपाठनको सिद्धान्तलाई विस्थापित गर्दै नयाँँ अवधारणाको शुरुवात गरिने प्रध्यान्याध्यापक राजेन्द्र भट्टराले बताए । भौतिक पूर्वाधारको अभावमा प्रयोगात्मक कक्षाको श्रव्यदृश्य सामग्रीको प्रयोग गरेर देखाउन भने चुनौतीको रुपमा रहेको समेत बताए । आफुहरुले बिध्यालय शैक्षिक सुधार अन्तर्गत ल्यावको स्थापना भएकोले खुसी ब्यक्त गर्दै आफुहरुसंग उपलब्ध रहेको स्रोत,साधन र सामाग्रीको प्रयोग गरेर बिध्यार्थिको शैक्षिक सुधार गर्ने उनले बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.