डडेलधुराको आलिताल गाउँ पालिका वडा न. ७ को गौरीशंकर मा. वि.ले नव निर्वाचित जनप्रतिनिधीहरुलाइ बधाइ दिने कार्यक्रम गरेको छ । आइतबार एक कार्यक्रम गरि बधाइ ज्ञापन गरेको हो । नव निर्वाचित गाउँ पालिका अध्यक्ष, वडा अध्यक्ष तथा सदस्य हरुलाइ फुलमाला तथा खादा लगाएर बधाइ दिएका हुन ।
गाउँ पालिका अध्यक्ष शेर सिं पार्की अध्ययन गरेको बिद्यालय गौरीशंकर मा.वि.मा पुग्दा स्थानिय निकै हर्षित देखिन्थे । स्वागत तथा बधाइ कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रध्यानाध्यापक नरेश सिंह भाटले आज आफै अध्ययन गरेको बिद्यालयमा गाउँ पालिका अध्यक्ष पुग्दा निकै खुसी भएको र विध्यालयको समस्या अब साबधान हुनेमा आफू ढुक्क रहेको बताए । उनले भने बिद्यालयको समस्या धेरै छ ,अब हामिले हाम्रो समस्या बुझ्ने नेता पाएका छौ अब समस्या समाधान हुनेछ । तेस्तै कार्यक्रममा स्वागत मन्तब्य राख्दै ब्यबस्थापन समितीका अध्यक्ष लक्ष्मी उप्रेतिले बिद्यालयको विभिन्न समस्या राखेका थिए । उनले नवनिर्वाचित जनप्रतिनिधीलाई सफल कार्यकालको शुभकामना तथा बधाइ दिदै अब समस्याबाट गुज्रिएको बिध्यालयको अवस्थालाई हेरेर समस्याको सामाधान तर्फ ध्यान दिन आग्रह गरे । आफै अध्ययन गरेको बिध्यालयको समस्या हामिले भनी राख्नु पर्दैन त्यो अध्यक्ष आफैले मनन गरेर काम गर्नु पर्ने समेत बताए ।बिद्यार्थिको चाहाना अनुरुप प्राबिधिक शिक्षा सुरु गर्नु पर्ने मा उनले जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित पालिका अध्यक्ष शेर सिं पार्कीले आफुले प्राथमिक शिक्षा अध्ययन गरेको बिद्यालयको अबस्था देख्दा आफू चिन्तित रहेको बताए । उनले भने वडा न.७ को सबै भन्दा पुरानो बिध्यालय भएता पनि अवस्था भने जिर्ण रहेको भन्दै पुर्व पालिका नेतृत्वको ध्यान नपुगेकोमा चिन्ता ब्यक्त समेत गरे । उनले भने यहाँ सबै भन्दा भौतिक संरचनाको अवस्था जिर्ण छ । तेसको लागि आफुले बजेटको ब्यवस्था गर्ने साथै अर्को समस्या खानेपानीको रहेकोले तेस्लाइ विशेष प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले चुनावको बेला आफुले बोलेको कुरा पूरा गर्ने बाकी कति सकिन्छ आफुले कोसिस गर्ने बताए । कार्यक्रममा बोल्दै अध्यक्ष पार्कीले विध्यार्थीहरुलाइ लगनशिल,अनुशासन र मेहनत गरेर पढ्न आग्रह गरे । उनले भने यो बिध्यालयले थुप्रै कुशल जनशक्ती र राम्रा नेता उत्पादन गरिसकेको उदाहरण दिदै अवको विध्यार्थिलाइ कस्तो शिक्षा दिने भन्ने आफू संग योजना रहेको समेत बताए । उक्त बिध्यालयलाइ केही दिन पछि तीन तारे घोषणा समेत गरिने योजना रहेको समेत जानकारी दिए । कार्यक्रममा बिभिन्न बिध्यालयका शिक्षक,ब्यबस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु,अभिभावक,समाजसेवी,तथा विध्यार्थिहरुको उपस्थिती रहेको थियो ।