दुर्गा माविद्वारा विजेता खेलाडीलाई बधाई तथा शुभकामना कार्यक्रम 

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: आलिताल गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा उत्कृष्ट प्रदर्शन गर्दै विजेता हासिल गर्ने खेलाडीहरुलाई दुर्गा माध्यमिक विद्यालयले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

 विद्यालयले पालिका स्तरिय रास्ट्रपति रनिङ शिल्डमा विभिन्न विधामा १९ वटा स्वर्ण, १२ वटा रजत, र ११ वटा कांस्य पदक जित्दै प्रथम हुन सफल भएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

यस उपलब्धिको सम्मानमा विद्यालयले एक “हार्दिक बधाई तथा शुभकामना कार्यक्रम” आयोजना गरी विजयी विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र वितरण गरेको छ। कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक मान बहादुर रावतले विद्यार्थीहरूको सफलताले विद्यालयको मात्र नभई सम्पूर्ण आलितालको प्रतिष्ठा बढाएको बताउनुभयो।

Dadeldhura Hospital

प्रध्यानाध्यापक रावतले विद्यार्थीहरूको मेहनत, विद्यालयका प्रशिक्षकहरूको योगदान, र अभिभावकहरूको समर्थनलाई सफलताको आधारस्तम्भ भएको उल्लेख गर्दै आगामी दिनहरूमा अझ राम्रो प्रदर्शन गर्न सबैलाई प्रेरित गरे।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

दुर्गा माविले जित्यो चौथो पटक पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

आलितालमा ‘राष्ट्रपति रनिङ शिल्ड’ सुरु, राष्ट्रियसभा सदस्य पार्कीद्वारा उद्घाटन

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.