डिउटीमा रहेका प्रहरीमाथि कुटपिट गर्ने दुई विद्यार्थी पक्राउ

sc mahendra

काठमाडौं – डिउटीमा रहेका प्रहरीमाथि कुटपिट गरेको आरोपमा दुई जना विद्यार्थी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ताप्लेजुङ फुङ्लिङ नगरपालिका–१ घर भएका दिनेश सिग्देल र डडेल्धुरा गन्यापधुरा गाउँपालिका–५ घर भएका रमेश फुलारा छन्। उनीहरू दुवै जना लैनचौरमा बस्दै आएका थिए।

प्रहरीका अनुसार गत माघ २४ गते राति ठमेलमा क्युआरटी मोटरसाइकलमा गस्ती गरिरहेका प्रहरी जवान रघु घर्ती र नगेन्द्र बिष्टमाथि उनीहरूले कुटपिट गरेका थिए।

दिनेश सिग्देल अमृत साइन्स क्याम्पसका विद्यार्थी तथा अनेरास्ववियु क्याम्पस कमिटीका उपाध्यक्ष हुन्। रमेश फुलारा पनि सोही क्याम्पसका विद्यार्थी हुन्।कुटपिटपछि उनीहरू क्याम्पसको होस्टलमा लुकेका थिए। आइतबार एयरपोर्ट क्षेत्रबाट पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहार मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

 

You might also like
Leave A Reply

Your email address will not be published.