पत्रकार महासंघ बझाङका अध्यक्ष सिंहमाथि चक्कु प्र हार,तीन जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बझाङ, नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह माथि सोमबार राति चक्कु प्रहार भएको छ। गए राती करिब ११ः३० बजे सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा बोलाएर विनोद कठायतको समूहले सिंहमाथि आक्रमण गरेको बताइएको छ।

घटनामा सिंहको आँखा माथिल्लो भागमा गम्भीर चोट लागेको छ। उनलाई तत्कालै जिल्ला अस्पताल बझाङमा उपचारका लागि लगिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार घटनामा संलग्न तीन जना—२९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धान अनुसार अभियुक्तहरूले मदिरा सेवन गरेको पाइएको छ।

Dadeldhura Hospital

पीडित सिंहले होटलमा बोलाएर समूहले आफूमाथि चक्कु प्रहार गरेको बताएका छन्। प्रहरीले कडायत समूहको आपराधिक क्रियाकलापको इतिहासबारे समेत अनुसन्धान गरिरहेको छ।

महासंघको घोर भर्त्सना :
नेपाल पत्रकार महासंघ बझाङले घटनाको घोर भर्त्सना गर्दै विज्ञप्ति जारी गरेको छ। महासंघले यो आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भन्दै दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न जोडदार माग गरेको छ।

महासंघले पत्रकारहरूमाथि हुने कुनै पनि प्रकारका हिंसा र दबाबको विरोध गर्दै पत्रकारहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेको छ।
महासंघले अध्यक्ष ललित सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन कडा सुरक्षात्मक उपाय अपनाउन सरकारलाई आग्रह गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.