कैलालीमा  चितुवाको छालासहित साउद पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कैलाली : कैलालीमा  चितुवाको छालासहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका-३, मेल्टाका २६ वर्षीय नरेश साउद छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

सोमबार राति उनलाई कैलालीको धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित मिलनसार होटेलको कोठाबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार उनको साथबाट एक थान चितुवाको छाला बरामद गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोली चितुवाको छालासहित साउदलाई पक्राउ गरेको हो।

उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.