डडेल्धुरामा चरेससहित ७१ वर्षीय पुरुष पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरामा लागूऔषध चरेससहित एक जना पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको छबिसपाथिभरा गाउँपालिका–३ का ७१ वर्षीय चन्द्रदेव जैशी रहेका छन्।

Dadeldhura Hospital

जैशीलाई बुधबार अमरगढी नगरपालिका–१, स्याउलेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बमका अनुसार उनी भीमदत्त राजमार्ग हुँदै बझाङबाट धनगढी जाँदै गरेको ना. ७ ख ४०९ नम्बरको बसमा यात्रा गरिरहेका थिए। प्रहरीको निगरानीका क्रममा बसको सिटमाथि राख्ने र्‍याकमा प्लास्टिकको कट्टाभित्र पिडालुसँग मिसाएर लुकाइराखिएको अवस्थामा चरेस फेला परेको हो। प्रहरीले जैशीको साथबाट ७८४ ग्राम लागूऔषध चरेस बरामद गरेको छ।

प्रहरीले उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा राखी अनुसन्धान अघि बढाएको जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.