प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका नेता जोशी पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं। काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा एमाले निकट अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका छन्। उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराका अनुसार उक्त घटनामा संलग्न दुई जनालाई माघ २७ गते पक्राउ गरिएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

काठमाडौं महानगरपालिका–९ एयरपोर्ट क्षेत्रमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भई लैनचौर बस्ने दिनेश सिग्देल र डडेल्धुरा गन्यापधुरा गाउँपालिका–५ घर भई लैनचौर बस्ने रमेश फुलारालाई पक्राउ गरिएको थियो। पक्राउ परेकाहरू अमृत साइन्स क्याम्पसका विद्यार्थी नेता हुन्।

उनीहरूले गत माघ २४ मा राति डिउटीमा रहेका दुई प्रहरीमाथि ठमेलमा कुटपिट गरेका थिए। घटनाको सीसीटीभी फुटेजमा जोशी देखिए पनि प्रहरीले जोशीलाई अनुसन्धानको दायरामा ल्याएको थिएन।

क्यूआरटी मोटरसाइकलमा रहेका दुई प्रहरीलाई उनीहरुले कुटपिट गरेका थिए। पक्राउ परेकाहरुलाई अभद्र व्यवहार मुद्दामा कारबाही अघि बढाएको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.