धनगढीको होटेल सोल्टीबाट २ युवतीसहित ९ जुवाडे पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः कैलालीको धनगढीमा होटेल सोल्टीबाट २ युवतीसहित ९ जुवाडे पक्राउ परेका छन्।
बिहीबार राती साढे ११ बजे धनगढी उपमहानगरपालिका–४ मा डडेल्धुराको आलिताल गाउँपालिका–३ की २८ वर्षीय पूजा खड्काले सञ्चालन गरेको होटेल सोल्टीबाट जुवाडे पक्राउ परेका हुन।
गोप्य सूचनाको आधारमा प्रहरीले होटेलमा छापा हान्दा होटेल सञ्चालिका पूजा खड्का, सहित डडेल्धुराकै आलिताल गाउँपालिका–७ का ४० वर्षीय गणेश थापा, अजयमेरु गाउँपालिका–३ का ३७ वर्षीय ईश्वर पाण्डे, बैतडीको सिगास गाउँपालिका–३ की २५ वर्षीया हिमा धामी, पुर्चौडी नगरपालिका–८ का ५५ वर्षीय कालु सिंह धामी, पाटन नगरपालिका–४ का ४१ वर्षीय सुरेन्द्र ऐर, कैलालीको गौरीगंगा नगरपालिका–९ का ४१ वर्षीय लक्ष्मण खड्का, बझाङको थलारा गाउँपालिका–३ का ३० वर्षीय मीन बहादुर भण्डारी र दुर्गाथली गाउँपालिका–८ का ४३ वर्षीय सुरज दौल्याल पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १ लाख ९७ हजार ६७२ रुपैयाँ र २ गड्डी तास बरामद गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.