कञ्चनपुरमा जङ्गली हात्ती मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुर — कञ्चनपुरको लाल झाडी क्षेत्रमा आज बिहान एक जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ। स्थानीयहरूका अनुसार पछिल्लो केही महिनादेखि सो क्षेत्रमा आतङ्क मच्चाउँदै आएको हात्तीको शव लाल झाडी गाउँपालिका–४ पर्सिया र जाई गाउँको सडक किनारमा भेटिएको हो।

Dadeldhura Hospital

डिभिजन वन कार्यालय, कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरका अनुसार हात्तीको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन। “हाम्रो टोली घटनास्थलमा पुगेको छ, पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्नेछ,” ठाकुरले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

लाल झाडी कोरिडोरमा बसोबास गर्ने यो हात्तीले गत असोजदेखि स्थानीय बस्ती तथा खेतीबालीमा क्षति पुर्‍याउँदै आएको थियो। हात्तीको आक्रमणबाट यस वर्ष मात्रै कञ्चनपुरमा दुई जनाले ज्यान गुमाएका थिए।

वन कार्यालयले घटनाबारे थप अनुसन्धान गरिरहेको छ भने स्थानीयवासीले वन्यजन्तु व्यवस्थापनमा कडाइ गर्न माग गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.