शिक्षामा २० प्रतिशत रकम छुट्याउनु पर्ने अनेरास्ववियू डडेल्धुराको माग

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेलधुरा । नेकपा एकीकृत समाजवादी पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन , डडेल्धुराले जिल्लाका ७ वटै पालिका प्रमुखलाइ ज्ञापनपत्र बुझाएको छ ।

Dadeldhura Hospital

बजेट निर्माणको प्रक्रियामा रहेका स्थानीय तहहरुलाई शिक्षालाई प्राथमिकतामा राखेर कुल बजेटको २० प्रतिशत छुट्याउनु पर्ने सुझाव सहित अध्यक्ष दिपेन्द्र थलालको नतृत्वमा ज्ञापनपत्र बुझाइएको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अनेरास्ववियुले आधारभुत तहदेखि माध्यमिक तहसम्म निशुल्क शिक्षा को अधिकारलाई कार्यान्वयन गर्न, पालिकामा आवासीय सुविधा सहित को थप प्राविधिक विद्यालय स्थापना गर्न, माध्यमिक विद्यालय तहका विद्यालयलाई प्रयोगशाला र खेलकुद सामग्री सम्पन्न बनाउन, क्याम्पस र विद्यालयमा सुविधाजनक चमेना गृह निर्माण गर्नुपर्ने माग गरेका छन्।

यस्तै पत्रमा बिपन्न र जेहनदार विद्यार्थीका लागि छात्रवृत्ति को व्यवस्था गर्न पनि पत्रमा माग गरिएको जिल्ला कमिटी सदस्य एवम् अनेरास्ववियू परशुरामका अध्यक्ष उत्तम गुर्धामीले जानकारी दिए ।                                                               

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.