डडेलधुरा । नेकपा एकीकृत समाजवादी पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन , डडेल्धुराले जिल्लाका ७ वटै पालिका प्रमुखलाइ ज्ञापनपत्र बुझाएको छ ।
बजेट निर्माणको प्रक्रियामा रहेका स्थानीय तहहरुलाई शिक्षालाई प्राथमिकतामा राखेर कुल बजेटको २० प्रतिशत छुट्याउनु पर्ने सुझाव सहित अध्यक्ष दिपेन्द्र थलालको नतृत्वमा ज्ञापनपत्र बुझाइएको हो ।
अनेरास्ववियुले आधारभुत तहदेखि माध्यमिक तहसम्म निशुल्क शिक्षा को अधिकारलाई कार्यान्वयन गर्न, पालिकामा आवासीय सुविधा सहित को थप प्राविधिक विद्यालय स्थापना गर्न, माध्यमिक विद्यालय तहका विद्यालयलाई प्रयोगशाला र खेलकुद सामग्री सम्पन्न बनाउन, क्याम्पस र विद्यालयमा सुविधाजनक चमेना गृह निर्माण गर्नुपर्ने माग गरेका छन्।
यस्तै पत्रमा बिपन्न र जेहनदार विद्यार्थीका लागि छात्रवृत्ति को व्यवस्था गर्न पनि पत्रमा माग गरिएको जिल्ला कमिटी सदस्य एवम् अनेरास्ववियू परशुरामका अध्यक्ष उत्तम गुर्धामीले जानकारी दिए ।