बैतडीमा गोली प्रहारबाट घाइते भएका सुरेन्द्र बिष्टको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी – बैतडीमा गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्र बिष्टको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका-८ का अन्दाजी ४५ वर्षीय कर्ण बिष्टले अन्दाजी २५ वर्षीय सुरेन्द्र बिष्टलाई गोली प्रहार गरेका थिए।

Dadeldhura Hospital

लेनदेनको विषयमा विवाद हुँदा कर्णले शनिबार राति करिब ९:३० बजे गाउँकै भाइ नाता पर्ने सुरेन्द्रलाई गोली हानेका थिए। गोली लागेर गम्भीर घाइते भएका सुरेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको आफन्तले बताएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गोली प्रहार गर्ने कर्ण बिष्ट घटना लगत्तै फरार भएका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मृतकको शव हाल जिल्ला अस्पताल बैतडीमा राखिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.