सेवाग्राहीलाई अभद्र व्यवहार गर्ने नायब सुब्बा प्रहरी नियन्त्रणमा



असार ९ लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन् ।

सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् ।



सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ । डीएसपी कुमार मैनालीले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।
