बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

बैतडीः बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ परेका छन्।

गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेही, बैतडीबाट खटिएको प्रहरी टोलीले बैतडीको दोगडाकेदार गाउँपालिका–८ चौरथली कालागाउ बस्ने ५१ वर्षीय पाल बिष्टको घरमा खानतलासी गर्दा भरुवा बन्दुक नाल १, बन्दुकमा लाग्ने गोली ७ राउण्ड, घोरलको छाला २ थान र रतुवाको छाला १ थान फेला पारी उनलाई पक्राउ गरेको छ।उक्त हतियार र छालासहित बिष्टलाई नियन्त्रणमा लिई सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.