बैतडी: बैतडीमा दुई बालिकामाथि करणी भएको खुलासा भएपछि प्रहरीले दुई जना पुरुषलाई पक्राउ गरेको छ।
मेलौली नगरपालिकाकी १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २५ वर्षीय पुरुष पक्राउ परेका छन्। ती पुरुषले बालिकामाथि २०७९ असार र कार्तिक महिनामा जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले जाहेरी दिएपछि उनलाई आइतवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। हाल उनी इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका छन्।
यस्तै, शिवनाथ गाउँपालिकाकी १५ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा ३० वर्षीय पुरुष पक्राउ परेका छन्। प्रहरीले उनलाई गत माघमा बालिकालाई ललाईफकाई गरेर करणी गरेको उजुरीका आधारमा आइतवार नियन्त्रणमा लिएको हो।
घटनाका थप विवरण र अनुसन्धानपछि मात्र जानकारी दिने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताएका छन्।
