कञ्चनपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुर,  – कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, कलुवापुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ। आइतबार साँझ परेको चट्याङले पदम रानाको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Dadeldhura Hospital

प्रहरीका अनुसार राना आफ्नो घरको आँगनमा बसेका बेला चट्याङ परेको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उक्त घटनाले गाउँमा शोकको छायाँ छाएको छ। स्थानीय बासिन्दाले अप्रत्याशित रूपमा ज्यान गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरेका छन्। घटनापछि प्रहरी र स्थानीय प्रशासनले चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

यस वर्षको मनसुन नआउँदै चट्याङका घटनाहरू बढ्न थालेको भन्दै मौसमविद्हरूले सचेत रहन सुझाव दिएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.