सुप्रिम सहकारी ठगी मुद्दा: छविलाल जोशी जेलमै रहने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बुटवल, — सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतले पनि सदर गरेको छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको निर्णय सदर गर्दै जोशीलाई थुनामा राख्न आदेश दिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

यसअघि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। जोशी हाल कारागारमा रहेका छन्।

सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेका अर्का प्रतिवादी रविलामिछानेलाई भने जिल्ला अदालतले १ करोड धरौटीमा छाडेको थियो। सो आदेशविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गर्दै रविलाई पनि थुनामा पठाउन माग गरेको थियो।

उच्च अदालतमा दर्ता गरिएका सबै निवेदनहरूमाथि संयुक्त रूपमा सुनुवाइ गरिएको थियो। लामिछाने, जोशी र फरार अभियुक्त जीबी राईसहित ४२ जनाविरुद्ध ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग लागेको छ। रवि, छवि र जीबीले मात्रै १० करोड ९९ लाख ३६ हजार रुपैयाँ अपचलन गरेको आरोप छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.