श्रीमती लिन ससुराली गएका युवकले गरे श्रीमतीसहित चार जनाको ह*त्या

sc mahendra

भोजपुर — भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरमा गएर आफ्नै श्रीमतीसहित चार जनाको हत्या गरेका हुन्।

प्रहरीका अनुसार राईले १५ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र ९ वर्षीय साला सपन गिरीको हत्या गरेका हुन्।

घटनाको प्रारम्भिक अनुसन्धानमा राजेन्द्रले श्रीमती मनिषालाई लिन ससुराली गएका बेला विवाद भएपछि घटना भएको खुलेको छ। प्रारम्भिक बयानअनुसार मनिषालाई फिर्ता लैजाने विषयमा भनाभन हुँदा सासूले छुरा प्रहार गरेपछि आक्रोशित भएर उनले श्रीमतीसहित सबैको हत्या गरेको प्रहरीको भनाइ छ।

घटनास्थलमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

You might also like
Leave A Reply

Your email address will not be published.