आलितालका हर्क साम्पाङ:माइक र खु*कुरीसहित श्रमको आह्वान गर्दै महेन्द्र

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्डधुरा : डडेल्धुराको सुन्दर आलितालमा पनि एक “हर्क साम्पाङ” जस्तै व्यक्तित्व जन्मिएको आभास भएको छ , श्रमलाई विकासको मूल आधार मान्ने धरानका मेयर हर्कजस्तै सबैलाई श्रममा जोड्दै समाज परिवर्तनको बाटोमा अघि बढिरहेका राष्ट्रिय मूर्तिकार महेन्द्र पुन मगर।
डडेल्धुराको आलितालमा जन्मिएका पुन मगरको हृदयमा श्रमको अटल श्रद्धा, आत्मामा परिवर्तनको ज्योति र हातमा सिर्जनाको शक्ति भरिएको देखिन्छ। उनी, धरानका “हर्क साम्पाङ” जस्तै, श्रमलाई विकासको पवित्र मन्त्र मानेर, जनताको एकताबाट सम्भावनाको नयाँ विहान उज्यालो पार्दैछन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सामाजिक अभियन्ता मात्र होइन, जीवनलाई कलाको रङले रंगाउने संवेदनशील कलाकारका रूपमा पुन मगरले विगतमा आलितालकै पवित्र स्यालचौडी मन्दिरमा १५ फिट अग्लो शिवजीको भव्य मूर्ति स्थापना गरिसकेका छन। त्यो केवल मूर्ति थिएन—त्यो त आस्था, परिश्रम र सामूहिक आत्माको प्रतिमा थियो। त्यसबेला पनि उनले गाउँका साना–ठूला सबैलाई श्रमदानको डोरीले बाँधेर अनेक काम सम्पन्न गराएका थिए।

आज फेरि, उनी त्यही जोश, त्यही निष्ठा र त्यही दृढता लिएर आलिताललाई हरियालीको मुकुट पहिराउन जुटेका छन्। करिब पाँच सयभन्दा बढी सुगन्धित बिरुवा उनले श्रमदाताहरूको उज्यालो अनुहारबीच रोपिसकेका छन्। त्यस्तै, स्यालचौडी मन्दिर परिसरमा पनि प्रेमपूर्वक हातेमालो गर्दै वृक्षारोपण सम्पन्न गरेका छन्।

Dadeldhura Hospital

तर, उनको सपना यतिमै सीमित छैन। अहिले उनी ५१ फिट अग्लो भव्य मूर्ति निर्माणको महान यात्रामा छन्—एक यस्तो प्रतिमा, जसले केवल पर्यटक तान्ने छैन, बरु स्थानीयको आत्मगौरव र पहिचानलाई पनि उचाल्नेछ। एक हातमा माइक, कम्मरमा खुकुरी, आँखामा दृढ निश्चय बोकेर उनी गाउँका कोठा–कोठा घुम्दै सबैलाई श्रमको पवित्र यात्रामा सहभागी हुन आह्वान गरिरहेका छन्।

२८ वर्षको उमेरमै नेपालको विभिन्न भूभागमा उत्कृष्ट मूर्तिहरू निर्माण गरी राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरिसकेका पुन मगर, पार्वती देवी पुन मगरको कोखको गर्व हुन्। तर, बुवाको मायाबाट वञ्चित सानैमा सुरु भएको जीवनसंघर्षले उनलाई कडा बनायो, आत्मनिर्भर बनायो र निस्वार्थ सेवा–समर्पणको बाटो देखाएको छ ।

उनका शब्दहरूले अझै हृदय छुन्छन्—”देशको मुहार बदल्न श्रमबिना अर्को बाटो छैन। नेताहरूले देशलाई अन्धकारमा डुबाएका छन्, अब हामी सबैले हातेमालो गरेर प्रकाश फर्काउनुपर्छ।”भनेर लागि रहेका छन ।

स्थानीय सरकारको स्रोत कमजोर देखिँदा पनि उनले जनताको मनमा आशाको दियो बालिरहेका छन्। कुनै राजनीतिक दलको रंगमा नरंगिएका उनी शुद्ध, स्वतन्त्र र निस्वार्थ छन्। धेरैले उनलाई राजनीति प्रवेशको आग्रह गरे पनि उनी भन्छन्—”मेरो राजनीति भनेको मेरो गाउँ हो, मेरो श्रम हो।”

थोरै समयमै जनताको मन जितेका पुन मगर आज केवल एक मूर्तिकार मात्र होइनन्—उनी एक सपना बुनिरहेका छन्, जसमा आलिताल हरियालीले मुस्कुराउनेछ, श्रद्धा र पर्यटन एकै स्थानमा फूल्नेछन्, र गाउँलेको आत्मगौरव संसारभर फैलिनेछ। श्रम दान गरौं , देश विकासमा सहयोग पुर्याउ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.