काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् ।
विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत, काठमाडौं लगेको छ ।
साइबर ब्यूरो, भोटाहिटीमा दर्ता भएको उजुरीअनुसार महरमाथि चरित्रहत्या र गाली बेइज्जती गरेको आरोप छ। पीडितले हुलाकमार्फत दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको स्रोतले जनाएको छ।
