केशव सिंह स्मृति क्रिकेट प्रतियोगिताका लागि दुर्गा माविका शिक्षकद्वारा २० हजार बढीआर्थिक सहयोग

sc mahendra

डडेल्धुरा : आलिताल गाउँपालिका वडा नं. ०८ स्थित श्री दुर्गा माध्यमिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूले “स्वर्गीय केशव सिंह स्मृति आलिताल गाउँपालिकास्तरिय टी–२० क्रिकेट प्रतियोगिता–२०८२” सफलतापूर्वक सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेका छन्।
शिक्षक तथा कर्मचारीहरूले आफ्नो खाजा खर्चबाट कट्टा गरी जम्मा रु. २०,०३८/- (अक्षरेपी: बीस हजार अठतीस रुपैयाँ मात्र) आर्थिक सहयोग प्रतियोगिता आयोजक समितिलाई हस्तान्तरण गरेका हुन्।
खेलकुद विकास र सामाजिक भावनालाई उच्च प्राथमिकता दिँदै व्यक्तिगत सुख–सुविधालाई थाती राखेर गरिएको यस सहयोगप्रति आयोजक समितिले उच्च सम्मान व्यक्त गर्दै हार्दिक आभार तथा धन्यवाद जनाएको छ। आयोजक समितिका अनुसार विद्यालय परिवारको यो निस्वार्थ सहयोगले स्थानीयस्तरमा खेलकुद प्रवर्द्धनमा थप हौसला मिलेको छ।
उक्त प्रतियोगितामार्फत स्वर्गीय केशव सिंहको स्मृतिलाई सम्मान गर्नुका साथै आलिताल गाउँपालिकामा क्रिकेट खेलको विकास र युवाहरूलाई सकारात्मक दिशातर्फ अग्रसर गराउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

आलितालमा केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता माघ ५ देखि, प्रथम पुरस्कार १ लाख

You might also like
Leave A Reply

Your email address will not be published.