एसइईको नतिजा सार्वजनिक (यसरी हेर्नुहोस् नतिजा)

sc mahendra

काठमाडौं, साउन ११। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ। बोर्ड बैठकपछि नतिजा प्रकाशित गरिएको बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए। उनले नतिजा वेबसाइटबाट हेर्न सकिने जानकारी दिए। बोर्डले नतिजा प्रकाशित गर्ने समय यसअघि पटक-पटक सार्दै आएको थियो।

एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो। बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्। यसअघिका दुई वर्ष कोभिड-१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएको थियो।

(यसरी हेर्नुहोस् नतिजा)

You might also like
Leave A Reply

Your email address will not be published.