डडेल्धुरा जिल्लाको आलितालमा अजिङ्गर सर्प फेला:वन कार्यालयद्वारा उद्दार

sc mahendra

भदौ १३ डडेल्धरा जिल्लाको आलिताल गाउँ पालिकामा अजिङ्गर सर्प फेला परेको छ । जिल्लाको आलिताल गाउँ पालिका वडा न.८ कालाकोट नजिकै सडकमा अजिङ्गर सर्प देखा परेको हो ।
उक्त अजिङ्गर रातिको ९ बजेको समयमा नजिकैको जङ्गलबाट अर्को जंगल तर्फ जाँदै गर्दा सडकको छेउमा स्थानिएले देखे पछि नजिकैको बन कार्यालयमा खवर गरेका थिए। लगत्तै बन कर्मचारी आइ उक्त अजिङ्गरलाई नियन्त्रणमा लिइ शुक्लाफाता बन्यजन्तु आरक्षमा पठाइएको छ । वन कार्यालय जोगबुदाका इन्चार्ज महेद्रराज उपाध्यका अनुसार उक्त अजिङ्गरको लम्बाई ५ मिटर र २० किलो जति तौल भएको अनुमान गरेका छन ।

You might also like
Leave A Reply

Your email address will not be published.