संविधानले जनताको सर्वोच्चता कायम गरेको छ : मुख्यमन्त्री भट्ट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालको संविधानले जनताको सर्वोच्चता कायम गर्दै सबै नागरिकका अधिकार सुनिश्चित गरेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले संविधानले सबै जातजाति, भाषा, धर्म र संस्कृति मान्ने नागरिकको अधिकार सुनिश्चित गरेको बताएका हुन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

नेपालको संविधान लोकतान्त्रिक पद्धतिको विकसित दस्तावेज भएको उल्लेख गर्दै उनले विभिन्न मत र विचारबीच सहमति खोज्ने राजनीतिक आधारका रूपमा संविधानलाई लिनुपर्ने धारणा व्यक्त गरे ।

मुख्यमन्त्री भट्टले संविधानको मर्म र भावनाअनुसार राजनीतिक सहमति कायम गर्दै मुलुकलाई अग्रगमनको बाटोमा अघि बढाउनु अहिलेको आवश्यकता रहेको बताए ।

उनले संविधानले प्रत्याभूत गरेका अधिकारको संरक्षण र प्रभावकारी कार्यान्वयन गर्दै लोकतान्त्रिक मूल्य, मान्यता तथा समावेशी व्यवस्थालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.