घरको छत फुटाएर बैतडीमा चोरी गर्ने वडा सदस्यसहित चार जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी : बैतडीमा चोरीको आरोपमा वडा सदस्यसहित चार जना पक्राउ परेका छन् । दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका बिनोद लुहारसहित चार जना चोरीको आरोपमा पक्राउ परेका हुन् ।

Dadeldhura Hospital

कार्यपालिका सदस्य वडा सदस्य बिनोद लुहार, महेश कुहार, तबिराम लुहार र लक्ष्मण मौनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

एक महिना अघि मात्रै दशरथचन्द नगरपालिका(५ आल गाउँका जयदेव भट्टको घरमा कोही नभएको मौका छोपी घरको छत फुटाएर तामाका भाडाकुडा चोरी भएको थियो । सोही चोरीको घटनामा संलग्न रहेको आरोपमा चारै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.