कञ्चनपुरमा लागुऔषध सहित ५ जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

जेष्ठ २४ डडेल्धुरा
कञ्चनपुरमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन्।

Dadeldhura Hospital

जिल्लाको भिमदत्त नगरपालिका–६ ऐठपुरमा जमुना सार्कीको घरबाट ०.२६ ग्राम लागुऔषध खैरो हेरोईनसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही ठाउँका २१ वर्षीय रबिन्द्र चन्द, १९ वर्षीय दिवस चन्द र १८ वर्षीया कञ्चन आग्री पक्राउ परेका हुन्। उनीहरुलाई गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा महेनद्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिइएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका–७ लालपुरका ४३ वर्षीय गणेश सिंह भण्डारी पक्राउ परेका छन्। संकालागि चेकजाँच गर्दा उनको साथबाट रेक्सोजोशिक २ सिसी र फेनार्गन १ सिसिसहित फेलापारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई प्रहरी चौकी सुडाबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.